२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ३८७ जनाको उम्मेदवारी परेको छ । यसमध्ये एक तिहाइ स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी दलीय उम्मेदवार छन् ।
निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारी दिनेको संख्या १ हजार १८८ रहेको छ । यो कूल उम्मेदवारको ३४.०६९ प्रतिशत हो । बाँकी २ हजार २९९ जना दलगत उम्मेदवार छन् ।
उम्मेदवारको यही ६ माघमा भएको हो । आज चुनाव चिह्न वितरणको कार्यतालिका छ । दलीय उम्मेदवारको भने दलकै चुनाव चिह्न हुन्छ ।














