धावनमार्ग पुगिसकेको टर्किस एयरलाइन्सको जहाज आकस्मिक रोकेर पार्किङमा फर्काइयो
वि.सं.२०८२ माघ ११ आइतवार १४:२३
611
shares
shares

काठमाडौं । काठमाडौंबाट इस्तानबुल उडानका क्रममा रहेको टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङ वे फर्काइएको छ ।
टीके–७२७ उडान नम्बर रहेको सो जहाव काठमाडौंबाट १२ः३५ मा उड्ने समय निर्धारण गरिएको थियो ।
उडानका लागि अनुमति पाएर धावनमार्गमा दौडिसमेत सकेको अवस्थामा इण्डिकेसनले समस्या रहेको संकेत गरेपछि जहाज रोक्नु परेको जानकारी आएको त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
‘इन्डिकेशनमा समस्याको संकेत आएपछि दौडिसकेको जहाज आकस्मिक रोकेर फर्काइएको छ,’ उनले भने, प्राविधिक जाँचपछि सो जहाज उडानमा फर्कन्छ ।’













