नेप्से बढ्यो ५ अंक, घट्यो कारोबार रकम
वि.सं.२०८२ माघ १४ बुधवार १५:४०
572
shares
shares

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार र मंगलबार ‘करेक्सन’ आए पनि बुधबार भने त्यो क्रम रोकिएको छ । मंगलबार ४२.५८ अंक घटेको नेप्से बुधबार भने ५.३८ अंकमात्र बढेको छ ।
सोमबार र मंगलबारको तुलनामा नेप्सेमा कारोबार रकम भने घटेको छ । सोमबार १६ अर्बभन्दा माथि पुगेको कारोबार रकम मंगलबार केही घटेर १४ अर्बमा सीमित भएको थियो । बुधबार भने ११ अर्ब ४९ करोड रुपैयाँ मात्रै कारोबार भएको छ ।











