बुधबार नेप्सेमा कारोबार भएकामध्ये १ सय ३४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, १ सय १३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।
बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ४.५६ अंक घटेको छ । त्यसैगरी जीवन बीमा १७.१९, उत्पादनमूलक ४९.६४, लघुवित्त १५.१४, सामूहिक लगानी कोष ०.०६ र अन्य समूह ७.२५ अंक घटेका छन् ।
तर, बुधबार विकास बैंक ६.०७, वित्त २३.३३, होटल १४.०८, जलविद्युत् १३.४०, लगानी ०.०९, जीवन बीमा १५.१८ र व्यापार समूह १८.९१ अंक बढेका छन् ।
बुधबार नेप्से सूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । नप्सेमा मंगलबार सूचक घटेको पनि कारोबार रकममा भने सामान्य सुधार आएको थियो ।
नेप्सेमा बुधबार ३ सय २६ कम्पनीको ८० हजार ४ सय २२ कारोबारबाट ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ ।
यो कारोबार रकम मंलबारको तुलनामा थोरै हो । मंगलबार नेप्सेमा साढे ८ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।














