चितवन पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् ।

663
shares

२२ माघ,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् ।

आज बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत उनी भरतपुर पुगेका हुन् ।
लामिछानेको सचिवालयका अनुसार आज उनले चितवनकै लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् । त्यहाँबाट उनी भरतपुरस्थित विशालचोकमा रहेको घरमा पुग्नेछन् ।

खुट्टामा संक्रमण भएपछि काठमाडौंमै आराम गरिरहेका उनी फागुन २१ को निर्वाचनको तयारीका लागि आज बल्ल चितवन पुगेका हुन् । उनी यसपटक पनि चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन् ।

माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी भएका उनको खुट्टामा चोट लागेपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।