यात्रुवाहक बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु

दुर्घटनास्थलबाट ६ जनाको उद्धार गरिएको छ । बसमा रहेका यात्रुको संख्या खुलिनसकेको प्रहरीले जनाएको छ ।

585
shares

काठमाडौँ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो ।

दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न एकजना प्रहरी अधिकृतले  बताए । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ ।