दोलखामा हवाई फायरपछि रोकिएको मतदान पुनः सुरु गर्ने सर्वदलीय सहमति

सर्वदलीय बैठकले मतदान पुनः सुरु गर्ने निर्णय गरेको बागमती प्रदेशका डीआईजी दिपक रेग्मीले जानकारी दिए।

312
shares

काठमाडौँ । दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुनः सुचारु गर्ने सहमति भएको छ । सर्वदलीय बैठक बसेर मतदान पुनः सुचारु गर्ने सहमति भएको बागमती प्रदेशका डीआईजी दिपक रेग्मीले बताए ।

मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो । डीआईजी रेग्मीले भने, ‘त्यहाँ मतदान सुरु गर्ने सर्वदलीय सहमति भएको छ, केहीबेरमा मतदान सुरु हुन्छ ।’