गुल्मी-१ मा सागर ढकाललाई सुरुवाती अग्रता

182
shares

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले सुरुवाती अग्रता लिएका छन्।

चन्द्रकोट गाउँपालिका–१ सराङ (दीब्रुङ दह, अर्जेवा) बाट भएको प्रारम्भिक मतगणनाअनुसार रास्वपाका ढकालले २४३ मत प्राप्त गरेका गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका चन्द्र भण्डारीले १०३ मत, नेकपा एमालेका प्रदीप ज्ञवालीले ११८ मत प्राप्त गरेका छन्।

गुल्मी–१ मा कालिगण्डकी र चन्द्रकोट गाउँपालिकाबाट मतगणना सुरु गरिएको हो। प्रारम्भिक मतगणनामा ढकालले अग्रता लिए पनि मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।