रुपन्देही-२ : एमालेका पौडेलभन्दा रास्वपाका खरेल १३ हजार बढी मतले अगाडि

208
shares

काठमाडौं । रुपन्देही २ मा पनि मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार रास्वपाका उम्मेदवार सुलभ खरेलले मतान्तर १३ हजार २७१ पुर्‍याएका छन् ।

खरेलले १६ हजार ७८८ मत ल्याउँदा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जम्मा ३५१७ भोट ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले २२६४ मत ल्याएका छन् । नेकपाका सुभाष पाण्डे (विश्वदीप)ले ४६३ मत ल्याएका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका भीमबहादुर गौतमले ४०२ मत ल्याएका छन् ।