उत्तरी गोरखाको मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण
वि.सं.२०८२ फागुन २२ शुक्रवार १६:५९
286
shares
shares

उत्तरी गोरखाको मतपेटिका बोकेर उडेको नेपाली सेनाको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण गरेको छ ।
खराब मौसमका कारण गोरखा सदरमुकाममा अवतरण हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त हेलिकप्टरमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित गौरिशंकर आधारभूत विद्यालय खाङसार र साम्दो आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिका रहेको डीएसपी राजकुमार श्रेष्ठले बताए ।
‘उत्तरी गोरखाको २३ वटा मतदान केन्द्रमध्ये पहिलो लटमा ७ मतदान केन्द्रको मतपेटिका आयो,’ उनले भने, ‘दोस्रो लट लिएर आउँदा गोरखा सदरमुकममा अवतरण हुन नसकेर पोखरा पुगेको हो ।’













