खोटाङमा मतगणना सुरु

312
shares

काठमाडौँ । खोटाङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार सर्वदलीय बैठकले ३ः ३० बजेबाट मतगणना गर्ने निर्णय गरेपनि भर्खर सुरु भएको हो ।

बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनमा  खोटाङमा ४३ प्रतिशत अर्थात् ६३ हजार ३५  जनाले मतदान गरेका छन् । केपिलासगढी गाउँपालिका–३ बासपानी र ४ बाक्सिलाको मतगणना सुरु गरेको छ ।