गोरखा–२ मा रास्वपाका कविन्द्रको अग्रता, चक्रे मिलन चौथो स्थानमा
वि.सं.२०८२ फागुन २२ शुक्रवार २०:३७
195
shares
shares

गोरखा–२ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले फराकिलो मतान्तरले अग्रता लिएका छन् । कुल २ हजार ६१६ मत गणना हुँदा उनले १ हजार ५७१ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याउँदै गरेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लेखनाथ न्यौपानेले ४०९ मत ल्याएका छन् । कांग्रेसका प्रकाशचन्द्र दुवाडीको ३६१ मत आएको छ ।
एमालेका चक्रे मिलन गुरुङले भने ११० मत प्राप्त गर्दै चौथो स्थानमा छन् । गोरखा नगरपालिकाको वडाबाट मत गणना सुरु गरिएको हो । हालसम्म वडा नम्वर ११ र १२ को मतगणना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।













