रास्वपा दुई तिहाइ नजिक

299
shares

, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष र समानुपातिक सिटहरू जोडेर करिब  दुई तिहाइ नजिक पुगेको छ ।

प्रत्यक्षतर्फ ५५ सांसदहरू जितिसकेको रास्वपा ६६ ठाँउमा अग्रता लिइरहेको छ । दुवै जोड्दा उसले १ सय २१ सांसद जित्ने सम्भावना बलियो छ ।

उसले अग्रता नलिएका करिब ३० मध्ये एक/दुई ठाँउमा अन्तिममा आफ्नो पक्षमा नतिजा पार्नसक्छ । उसले प्रत्यक्षतर्फ कम्तीमा पनि १ सय २१ सिट निश्चित गरेको छ ।

समानुपातिकमा देशभर करिब ८ लाख मत गणना भइसकेको छ । अहिलेसम्मको विवरण अनुसार, रास्वपाले ४ लाख ११ हजार मत पाएको छ, जुन करिब करिब ५१ प्रतिशत छ ।