अब देश कसले बनाउछ ? बोलको गितको भिडियो सार्बजनिक

936
shares

बालेनले प्रधानमन्त्रीको सपथ खानै लाग्दा नेपाली सांगेतिक बजारमा एउटा यस्तो गित बजारमा आएको छ जसले हरेक रास्ट्रप्रेमी नेपालीको आङ्ग जिरिङ्ग बनाउछ । यसगितको टाइटल नै यस्तो छ अब देश कसले बनाउछ ? यहि चिन्ताले परिवर्तनको बिउ रोपेका हरेक नेपालीको भरोसा मार्फत नयाँ शक्ति भनेका रवि बालेन हुन् तर यस गीतको भाव यस्तो छ बालेन रवी मात्र भएर देश बन्दैन देश बनाउन हरेक युवा शक्तिको आवस्यक पर्छ भन्ने प्रस्ट संदेश यस गीतले दिएको छ।

आज लाखौ नेपाली परदेशमा पसिना बगाउन बाध्य छन् परदेशमा बेचिएको युवाको पसिनाले परदेश बन्ने हो नेपाल हैन त्यसैले हरेक नेपालीयुवा नेपाल बनाउन नेपालमै पसिना बगाउन आवस्यक छ भन्ने सन्देशका साथ यो गित निर्माण भएको छ । नेपाली संगीतलाई हरेक तरिकाले माथि उठाउन अबिरात्र खटिएको पशुपति म्युजिक प्रा लि मार्फत बजारमा आएको यस गितको निर्माता शिवराज पौडेल हुन् उनि पशुपति म्युजिक प्रालिका संचालक समेत रहेका छन्। भिउज कमाउनैकैलागि अनेकौ दोहोरो अर्थका गित बजारमा आईरहदा देश प्रेमको एउटा नमुना पेश गर्दै कमल सापकोटाले रचना गरेको यस गीतमा संगीत पनि गीतकार सापकोतालेनै भरेका छन् ।

धेरै रास्ट्रीय गित गाएर ख्याति कमाएका गाएक कर्ण दासको आवाजमा सजिएको यस गीतको संगीत संयोजन भने पुराना तथा अनुभवी संगीतकर्मी महाराज थापाले गरेका छन् । साजन शाहले मिक्सिङ्ग तथा मास्टारिङ्ग गरेको यस गित साजन रेकडीङ्ग स्टुडियोमा रेकर्ड भएको हो । लोकप्रिय नायक सरोज खनालको मुख्य अभिनय रहेको यस गीतको म्युजिक भिडियोमा गायक कर्णदासलगाएतका साथीहरुको पनि अभिनय देख्न पाईन्छ । शहर छिरेर बेरोजगार बनेको ब्यक्ति ठेलामा तरकारी बेचेर जीविकोपार्जन गर्नलाई महानगरले रोकेको दृश्य देखि सबै परदेश लागेपछि भएको रित्तो गाउमा लाश उठाउन मान्छे नपाएको भिडियोको कारुणिक दृश्यले हेर्दा आखा रसाउछ।

जन्तिजान होस् या मलामी गाउमा कोहि नभएको अहिलेको नेपालीहरुको भोगाईलाई टपक्क टिपेर तयार पारीएको यस गीतले हरेक परिवारको कथा बोकेको छ। बुवा आमा बिरामी पर्दा औषधि किनेर ल्याइदिने मान्छे नहुदा उपचार नपाएर अकालमा मार्नुपरेको निर्दोस आमाबाबुको कथाले भिडियोको मध्यभागमा जोकोहीको आशु रोकिदैन। अझै अन्त्यमा एक शिक्षक समेत नेपालमा नबस्ने निर्णय गरेको संवादले झरेको आशु अझै रोकिदैन । यस्तो कथा बुनेर यस भिडियोको निर्देशन भने कलाकार एवं निर्देशक शिवम पोखरेलले गरेका छन् । बिकास दाहालले सम्पादन गरेको यस म्युजिक भिडियो पशुपति म्युजिकको युट्युब बाट सार्बजनिक भएको छ।

पुरा भिडियो हेरानको लागि तलको लिंकमा क्लिक गर्नुहोला।