राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
वि.सं.२०८३ जेठ २६ मंगलवार १०:४५
91
shares
shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३-०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्ताव स्वीकृत भएपश्चात् बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची तय गरिएको छ ।












