सेयर बजारमा ८.१४ अंकको गिरावट, ३ अर्ब ९० करोडको कारोबार

65
shares

काठमाडौं । बिहीबार सेयर बजार ८.१४ अंक घटेको छ । अघिल्लो दिन जम्मा २.५७ अंक बढेको बजार आज घटेको हो । आजको कारोबारपछि नेप्से परिसूचक २७२८ अंकमा कायम भएको छ ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९० करोडको भयो । ८२ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने १३ को स्थिर रह्यो ।

फाइनान्स समूह सबैभन्दा १.४५ प्रतिशत घट्यो । व्यापार १.२३, बैंकिङ ०.२५, विकास बैंक ०.५१, हाइड्रोपावर ०.१८, लगानी ०.२२, जीवन बीमा ०.२१, माइक्रोफाइनान्स ०.२८, निर्जीवन बीमा ०.१७ र अन्य ०.९१ प्रतिशत घटे । होटल तथा पर्यटन ०.४७ र उत्पादन तथा प्रशोधन ०.२६ प्रतिशत बढे ।

दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । त्यस्तै बोटलर्स नेपाल बालाजुको ८.३३, अपर लोहोरेखोलाको ६.०७ तथा पिपुल्स हाइड्रोपावरको ५.३३ प्रतिशत मूल्य बढ्यो ।

सप्तकोशी विकास बैंकको १३.५१, रावा इनर्जीको ४.३७ तथा रिलायन्स फाइनान्सको मूल्य ३.८८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएकामा कम्पनीमा सिटी होटल, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनी छन् ।