दीपक भट्ट र सुलभ अग्रवालको विशेष अदालतमा बयान
वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५४
shares
A view of the Special Court in Babarmahal, Kathmandu. Photo: Nishant Pokhrel/THT Online
काठमाडौँ । सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको विशेष अदालतमा बयान सुरु हुँदै छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान हुन लागेको छ ।
विशेष सरकारी वकिल कार्यालयले बिहीबार भट्ट र अग्रवालसहित ३९ विरुद्ध २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ । सन्दीप चाचन ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ को अध्यक्ष हुन् ।
हिमालयन रि–इन्स्योरेन्स सहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न दीपक भट्टलाई चैत १९ मा पक्राउ गरिएको थियो । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २२ मा पक्राउ परेका थिए ।













