काभ्रेमा बस दुर्घटना अपडेट : घाइते १७ जनालाई धुलिखेल अस्पतालमा ल्याइयो
वि.सं.२०८३ जेठ २९ शुक्रवार १६:२७
91
shares
shares

काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी घाइते भएका १७ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको पनि उनले बताए । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार सुरु गरिएको छ । अन्य घाइतेको उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।












