सुनचाँदीको भाउ सामान्य बढ्यो

676
shares

काठमाडौं । बुधबार सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँ थियो ।

गत बुधबार सुनको भाउ तोलामा २ लाख ८७ हजार १ सय रुपैयाँ थियो ।

चाँदीको भाउ आज तोलामा ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ४ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४१५ रुपैयाँ पुगेको छ । यसअघि गत बुधबार चाँदी ४ हजार ५०० रुपैयाँ थियो ।