लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार

195
shares

काठमाडौँ। सेयर बजार लगातार छैटौँ दिन पनि बढेको छ । मंगलबार सेयर बजार ७.२५ अङ्कले बढेसँगै बढ्ने क्रमले छैटौँ दिन पनि निरन्तरता पाएको हो।  योसँगै बजार २७२६.४९ बिन्दुमा पुगेको छ।

आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको सेयर मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।

मंगलबार ३४३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडिको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

साथै आँखु खोलाको ३१ करोड, रिलाइन्स स्पिीनिङको २७ करोड र हिमालयन रिइन्स्योरेन्सको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

एभरेस्ट कलरको लिमिटेडको मूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको छ।