सुनको मूल्य घट्दा चाँदीको बढ्यो
वि.सं.२०८३ साउन १३ बुधवार ११:४०
52
shares
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुन तोलामा एक हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, सुनकाे मूल्य प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ कायम भएको हो । मंगलबार तोलामा दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेर चार हजार ३२० पुगेको छ । मंगलबार चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।












