आकस्मिक बाहेकका सेवा बन्द गरेर सडकमा आए डाक्टर
वि.सं.२०८३ साउन १३ बुधवार १४:०४
shares

काठमाडौँ । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै काठमाडौं प्रदर्शन गरेका छन् ।
नेपाल चिकित्सक सङ्घको आह्वानमा बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै चिकित्सकहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै सङ्घ आन्दोलनमा उत्रिएको हो ।
घटना घटेको पाँच दिन बितिसक्दा समेत दोषीलाई पक्राउ गरी कारबाही गर्नुको साटो, उल्टै न्याय माग्न गएकाहरुमाथि दुव्र्यवहार भएको संघका अध्यक्ष डा. बद्री रिजालले बताए ।
राज्यले आफुहरुको माग तत्काल सम्बोधन गरे आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु तत्काल फिर्ता हुने उनले जानकारी दिए । चिकित्सक सुरक्षित भएर काम गर्न पाउनुपर्ने संघले जनाएको छ ।













