नेपाली सेना, सैनिक हवाई सेवाका लागि अर्को गौरवपूर्ण उपलब्धि
वि.सं.२०८३ साउन १४ बिहीवार १५:२६
104
shares
shares

काठमाडौँ। नेपाली सेनाका प्राविधिक अधिकृतहरूमध्ये बेलायतको प्रतिष्ठित रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट कमिसनिङ्ग कोर्स प्राप्त गर्न इतिहासकै पहिलो ब्याचको रुपमा चयन हुनुभएका हाल क्याप्टेन ( ई.) जीवन पोख्रेल र हालैको दोस्रो ब्याचको रुपमा चयन हुनुभएका लेफ्टिनेन्ट तेजस जंग थापा दुवै अधिकृत नेपाली सेनाको “सैनिक हवाई सेवा” बाट पर्नुभएको छ।


उहाँहरूको यो उपलब्धिले सैनिक हवाई सेवाको प्राविधिक उत्कृष्टता साथै विपद्, आपतकालीन अवस्था तथा हवाई उद्धार कार्यहरूमा नेपालको अग्रणी प्रथम उद्धारकर्ताको रूपमा निभाउँदै आएको महत्वपूर्ण भूमिकालाई प्रतिबिम्बित गर्दछ।












