तनाव बढेपछि मधेसवादी दलहरूको संयुक्त बैठक

52
shares

काठमाडौँ  । मधेसमा बढ्दै गएको तनावको बारेमा छलफल गर्न मधेस केन्द्रित दलहरूको बैठक बसिरहेको छ । बैठकमा जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्त ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरूको उपस्थिति रहेको छ ।

मधेसमा उत्पन्न तनावप्रति सरकार गम्भीर नरहेको नेताहरूको बुझाइ रहेको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले बताए । सुरक्षाकर्मीले जथाभाबी बल प्रयोग गरिरहेकाले मधेसी युवाको ज्यान जानुको साथै घाइते भएको बताउँदै उनले सरकारले शान्ति सुरक्षा व्यवस्था कायम गर्न नसकेको बताए ।

‘छलफल चलिरहेको छ, छलफलपछि संयुक्त निर्णय आउँछ’ उनले भने ।