प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तद्वय वाग्ले र सुब्बाले लिए सपथ

559
shares

काठमाडौं । नवनियुक्त प्रमुख आयुक्त मानबहादुर कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबाट सर्वोच्च अदालतमा प्रमुख आयुक्त कार्कीले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

कार्की सर्वोच्च अदालतको रजिष्ट्रार पदमा कार्यरत रहैकै बखत संवैधानिक परिषदबाट प्रमुख आयुक्तमा सिफारिस भएका थिए । संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएपछि कार्कीको सपथ गरिएको हो ।

saptha-1785412712.JPG
प्रधानन्यायाधीशबाट सपथ लिएलगत्तै प्रमुख आयुक्त कार्कीले आयुक्तहरु गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई पद तथा गोपनीयताको सपथ गराएका थिए । सपथ समारोह सकिएपछि प्रमुख आयुक्त तथा आयुक्तहरु पदबहालीका लागि निर्वाचन आयोगतर्फ लागेका छन् ।