कप्तानगन्ज घटनाका अर्का एक घाइतेको उपचारकै क्रममा मृत्यु

91
shares

काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनाका अर्का एकजना घाइतको मृत्यु भएको छ ।

प्रहरीका अनुसार उपचारकै क्रममा उनको मृत्यु भएको हो ।  काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार उपचारकै क्रममा रहेका रविन्द्र मेहताको मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा मेहताको मृत्यु भएको हो ।

हिन्दू र मुस्लिम दुई पक्षबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा यसअघि सोही स्थानका दुई युवाको मृत्यु भएको थियो ।

कप्तानगन्ज घटनामा मेहतासँगै मृत्यु हुनेको संख्या तीन पुग्यो । अर्का एक युवाको सिरहामा प्रहरीकै गोली लागेर मृत्यु भएको थियो ।