सुनको मूल्य घट्यो, चाँदी बढ्यो
वि.सं.२०८३ साउन १९ मंगलवार १४:१७
78
shares
shares

काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको छ भने चाँदी ३० रुपैयाँ बढेको छ ।
महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँ थियो । गत मंगलबार सुनको भाउ २ लाख ८४ हजार २ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३५० रुपैयाँ रहेकोमा आज ३० रुपैयाँ बढेसँगै आज ४ हजार ३८० रुपैयाँ थियो ।












