रविन्द्रको परिवारलाई भेट्न टिचिङ पुगे गृहमन्त्री

52
shares

काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका रविन्द्र मेहेताको परिवार र आफन्तलाई भेट्न गृहमन्त्री सुधन गुरुङ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

उनी केहीबेरअघि अस्पताल पुगेका हुन्। २२ वर्षीय मेहेताको उपचारको क्रममा मंगलबार बिहान निधन भएको थियो। यसअघि मृत्यु भएका तीन जनाको परिवारसँग सरकारले सहिद घोषणा, आर्थिक सहायता, परिवारका सदस्यलाई रोजगारीको व्यवस्थालगायत बुँदामा सम्झौता गरेको छ।

रविन्द्रका परिवार र आफन्तले पनि सरकारसँग उस्तै सम्झौता भएपछि मात्र शव अन्त्येष्टि गर्ने अडान राखेका छन्। यही विषयमा छलफल र सम्झौता गर्न गृहमन्त्री गुरुङ अस्पताल पुगेका हुन्। रविन्द्रको मृत्युपछि अस्पतालमा उनका आफन्तले आज गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।