मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो हटाइयो

312
shares

काठमाडौँ । आज बिहान मुग्लिन–नारायणगढ सडक खण्डको सिमलताल नजिक खेसेको पहिरो हटाइएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार बिहान ७ः०५ बजे खसेको पहिरो हटाइएको हो । पहिरो हटेसँगै सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

निरन्तरको वर्षाका कारण सडकमा पहिरोको जोखिम कायमै रहेकोले सतर्कतापूर्वक यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।