सेयर बजारमा सामान्य गिरावट, पौने ४ अर्बको कारोबार
वि.सं.२०८३ साउन २२ शुक्रवार १५:४६
shares

काठमाडौँ । साताको कारोबार हुने अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ। आज नेप्से परिसूचक ४.०५ अङ्कले घटेर २६५०.०९ विन्दुमा कायम भएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१५ प्रतिशतको गिरावट हो।
आज बजारमा कुल ३३४ कम्पनीका १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर खरिद–बिक्री भएका छन्। जसबाट कुल ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबार भएका कम्पनीहरूमध्ये ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। बाँकी ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले बढेको छ। त्यस्तै, हिमालयन ८०-२० र एनआईसी एसिया ब्यालेन्स फण्डका इकाई मूल्यहरू क्रमशः ५.१८ र ५.१६ प्रतिशतले बढेका छन्।
कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ३९ करोड २५ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी, रिडी पावर कम्पनीको २३ करोड २ लाख र सानिमा बैंक को १७ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।












