सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घट्यो

156
shares

काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ६ हजार ८ सय रुपैयाँ थियो ।

चाँदी तोलामा १६० रुपैयाँ घटेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ७५५ रुपैयाँ चाँदीको मूल्य तय गरेकोमा आज ४ हजार ५९५ रुपैयाँ कायम गरेको छ ।