भारतबाट जीटुजी माध्यममा २५ हजार टन डीएपी मल खरिद गर्ने सरकारको निर्णय
वि.सं.२०८३ भदौ १२ शुक्रवार १४:०६
52
shares
shares

काठमाडौं । सरकारले भारतसँग ‘जीटुजी’ (सरकार-सरकार) प्रक्रिया मार्फत २५ हजार टन डीएपी मल खरिद गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मल खरिदका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गर्दै भारत सरकारसँग सम्झौता गरी सिधै मल ल्याउने बाटो खुला गरिएको जानकारी दिए ।
कृषि सिजनमा किसानले रासायनिक मल अभाव भोग्दै आएका छन् । मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भएसँगै अब कृषि सामग्री कम्पनी लिमिटेडले भारत सरकारसँग आवश्यक प्रक्रिया पूरा गरी छिट्टै मल आयातको काम अघि बढाउने छ ।













