इलाममा जिप पल्टिँदा चालकको मृत्यु
वि.सं.२०८३ असोज १ बिहीवार १२:०२
26
shares
shares

काठमाडौं । इलाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा जिपका चालक देउमाई नगरपालिका–१ चमैताका ३५ वर्षीय तीर्थराज बस्नेत रहेका छन् ।
इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बिहीबार प्र.१–०१–००१ ज ३७०६ नम्बरको जिप सडकमा पल्टिएर दुर्घटना भएको थियो ।
जिपले थिचिएर बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।













