काठमाडौं । एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको वरिष्ठ नेता बनाउने भएको छ ।
पार्टी सचिवालयको आजको बैठकले भण्डारीले वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । अब केन्द्रीय कमिटीले उनको नाम अनुमोदन गर्ने छ ।
एमालेले गत फागुनको चुनावमा हारेपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता खुलाउने निर्णय गरेको थियो ।
त्यो अघि एमालेले राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै भण्डारीको सदस्यता रोकेको थियो ।
सात वर्ष भन्दा बढी राष्ट्रपति भएर बाहिरिएकी भण्डारी पुन: पार्टी राजनीतिमै आउन चाहेकी थिइन् । तर पार्टीभित्रको शक्ति सन्तुलनमा उनको निर्णायक भूमिका हुने देखिएपछि अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले उनको पुन: राजनीतिक सक्रियतालाई रोकेका थिए ।














