सुनचाँदीको भाउ बढ्यो, तोलाको कति ?

182
shares

काठमाडौं । तीन दिन लगातार घटेको सुनचाँदीको भाउ आज बुधबार बढेको छ ।

हिजो मंगलबार प्रतितोला ३ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला २ हजार ८ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघ अनुसार आज सुन तोलाको २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबारको तुलनामा आज बुधबार चाँदी पनि प्रतितोला ३० रुपैयाँ बढेको छ ।

मंगलबार तोलाको ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४ हजार ४ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।