एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङले कांग्रेस केन्द्रीय सदस्यमा उमेदवारी दिने
वि.सं.२०८३ असोज १९ सोमवार १५:३७
shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उमेदवारी घोषणा गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध चुनिएका शेर्पाले आदिवासी कोटाबाट केन्द्रीय सदस्य पदमा उमेदवारी दिने घोषणा गरेका हुन् ।
शेर्पा नेपाल विद्यार्थी संघको पूर्वकेन्द्रीय सदस्य हुन् । कांग्रेसको इतिहास, संघर्ष र आदर्शलाई आत्मसात् गर्दै जनजाति, युवापुस्ता र खेलकुद क्षेत्रको सम्मानजनक सहभागिता, अवसर र नेतृत्वलाई अझ बलियो बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
दुई दशक लामो समयदेखि नेपाली फुटबलको विकासमा लागि परेका शेर्पा ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्ष समेत हुन् ।
२०७५ मा एन्फा अध्यक्ष निर्वाचित भएपछि उनले ४५ जिल्लामा प्रशिक्षण केन्द्र तथा फुटबल गतिविधि विस्तारका लागि उल्लेख्य काम गरे । ग्रासरूट फुटबल शेर्पाको विशेष प्राथमिकतामा थियो ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा जारी छ ।





