दशैँ–तिहारको रौनकसँगै आयो ‘के को दशैँ, के को तिहार’, एलोन रेशमको सिर्जना तथा निर्देशनमा विशाल निरौला र रोजिना बस्नेतको स्वर
वि.सं.२०८३ असोज २० मंगलवार १९:०५
shares

नेपालीहरूको महान् चाड दशैँ तथा तिहारलाई लक्षित गर्दै नयाँ नेपाली गीत ‘के को दशैँ, के को तिहार’ सार्वजनिक गरिएको छ । विशाल निरौला र रोजिना बस्नेतको स्वर रहेको गीतमा एलोन रेशमको शब्द तथा विशाल निरौलाकै संगीत र एरेन्ज रहेको छ ।
चाडपर्वको माहोल, नेपाली मौलिकता र मनोरञ्जनलाई केन्द्रमा राखेर तयार पारिएको गीतको अडियो तथा भिडियो NewShan Shrestha Official मार्फत सार्वजनिक गरिएको हो । गीतको रेकर्डिङ रञ्जन राईले गरेका छन् ।
गीतको भिडियोमा न्यूशन श्रेष्ठ, चाँदनी खत्री, मिलन खड्का, आशिष ढकाल, सीमा घिमिरे, सुनबहादुर तामाङ र अब्राम राईको अभिनय रहेको छ । भिडियोको निर्देशन तथा कन्सेप्ट एलोन रेशमले तयार पारेका हुन् ।
भिडियोको छायांकन बिषा लामाले गरेका छन् भने सहायक सम्पादन दीपक देउबाले गरेका हुन् । भिडियोको सम्पादन तथा कलर मिन रावलले गरेका छन् । पोस्ट प्रोडक्सन तथा एडिटिङ स्टेसनको जिम्मेवारी दिनपरी क्रिएसनले सम्हालेको छ ।
दशैँ–तिहारको सांस्कृतिक वातावरणलाई गीत र भिडियोमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । पारिवारिक भेटघाट, चाडपर्वको उल्लास र नेपाली समाजमा दसैं–तिहारको विशेष महत्वलाई गीतले मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ ।
गीतको निर्माणमा पुरु भण्डारी, जिम्बे राई, दिक्षा तामाङ, सुरज मगर, सुकेश क्षेत्री, नवीन खड्का, सनम तामाङ, शिवराज डाँगी, बिपना आचार्य, विजय मगर, आशिष ओली, आदित्य ठाकुरी, प्रिन्स लियो, मिस्टर श्रेष्ठ, हिरा थापा र सुदीप आचार्यलगायतले विशेष सहयोग गरेका छन् ।
दशैँ–तिहारको अवसरमा सार्वजनिक गरिएको ‘के को दशैँ, के को तिहार’ नयाँ पुस्ताका दर्शक तथा नेपाली संगीतप्रेमीका लागि चाडपर्व विशेष गीतका रूपमा प्रस्तुत गरिएको छ ।




