कांग्रेस सभापतिका उम्मेदवार किशोरसिंह राठौरले लिए उम्मेदवारी फिर्ता
वि.सं.२०८३ असोज २१ बुधवार १५:२६
182
shares
shares

काठमाडौँ । नेपाली कांग्रेसकाे सभापतिका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
मंगलबार आफ्नो उम्मेदवारी दर्ता गरेका उनले बुधबार भने निर्वाचन अधिकृतको कार्यालयमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएकाे जानकारी दिएका हुन् ।
उनले उम्मेदवारी फिर्ता लिएसँगै गगन थापा र श्यामकृष्ण खड्गीमात्रै सभापतिको उम्मेदवार छन् । १५औँ महाधिवेशनमा कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ ।




