नेप्से दुई अंकले बढ्दा तीन अर्बमाथिको कारोबार

13
shares

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । सोमबार (मंसिर ७) नेप्से सूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको हो ।

दिनभर घटेको बजार अन्तिम समयमा सामान्य उकालो लाग्दा लगानीकर्ताले तीन अर्ब ८२ करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । यस दिन ३६० कम्पनीको कारोबार हुँदा १०६ वटाको सेयर मूल्य बढेको छ । १६५ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य बढेको छ । यो कम्पनीको १०.५८ प्रतिशतले मूल्य बढेको हो ।

भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यो कम्पनीको ८.३३ प्रतिशतले मूल्य घटेको हो ।

कारोबारमा भने ग्लोबल आइएमई बैंक अगाडि रह्यो । लगानीकर्ताले यो कम्पनीको १५ करोड रुपैयाँबराबरको सेयर कारोबार गरेका हुन् ।