विराट-रोहितलाई आउट गर्ने भारतीय

  • न्युयोर्क । बुधबार राति भएको खेलको नतिजा जस्तोसुकै होस्, एकपटक पनि अमेरिकी खेलाडीले भारतीय टोलीका कुनै पनि अनुभवी खेलाडीलाई हावी हुने मौका दिएनन् ।

    पहिले ब्याटिङ र त्यसपछि बलिङ दुवै मोर्चामा अमेरिकी टोली भारतीय चुनौतीका लागि तयार देखिन्थे । भारतीय खेलाडी रनका लागि संघर्ष गरिरहेको देखियो ।

    अमेरिकाका सौरभ नेत्रावलकरले भारतका दुवै ओपनरलाई सस्तोमा आउट गर्दै भारतलाई सबैभन्दा ठुलो झटका दिएका थिए । रोचक कुरा के छ भने सौरभ नेत्रवलकर भारतीय मूलका हुन् । उनी मुम्बईमा हुर्केका थिन् ।

    उनले भारतको अन्डर-१९ क्रिकेट टोलीबाट विश्वकप पनि खेलिसकेका छन्। तर, उनी पढाइका लागि अमेरिका पुगे र त्यसपछि त्यहाँको क्रिकेट टिमको हिस्सा बने ।

    सौरभले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको त्रिकोणीय शृङ्खला र त्यसपछि न्युजिल्यान्डमा भएको अन्डर-१९ विश्वकपमा भाग लिएका थिए । त्यतिबेला सौरभसँगै केएल राहुल, मयंक अग्रवाल र जयदेव उनाडकट पनि अन्डर १९ टोलीमा थिए।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation