प्रचण्डको बेगमा ओलीको ब्रेक ?

  • काठमाडौँ । तेस्रोपटक सिंहदरबार प्रवेश गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेका अध्यक्ष केपी ओलीले ‘ब्रेक’ लगाउन खोजेको चर्चा चलेको छ । एउटै कार्यकालमा प्रचण्डसँग दुईपटक सत्ता सहकार्य गरेका ओली खासगरी सरकारको नीति तथा कार्यक्रम र बजेटप्रति सन्तुष्ट देखिएका छैनन् ।

    स–साना नियुक्तिहरूमा समेत प्रधानमन्त्रीमाथि ओलीले दबाब दिइरहेको राजनीतिक वृत्तमा चर्चा चलेको छ । पछिल्लो सत्ता समीकरणमा एमालेतिर ढल्किएका प्रधानमन्त्री प्रचण्डको सारा शक्ति एमाले र ओलीले प्रयोग गरिरहेको राजनीतिक विश्लेषक डम्बर खतिवडाको बुझाइ छ ।‘कांग्रेससँग गठबन्धनमा हुन्जेल प्रचण्डलाई धेरैले प्रधानमन्त्रीजस्तो ठान्थे ।

    अहिले एमालेतिर आएपछि उनी प्रधानमन्त्री त हुन् तर, सारा पावर एमाले र ओलीले प्रयोग गरिरहेका छन् भन्ने खालको सोच मानिसमा परेको छ,’ उनले भने, ‘स–साना नियुक्तिहरूमा पनि एमालेले प्रधानमन्त्रीमाथि दबाब दिइरहेको छ । जस्तै राजदूत फिर्तालाई लिन सकिन्छ । यो अहिले जरुरी नै थिएन ।’

    अधिकांश राजदूत कार्यकाल सकिन लागेका थिए । एक वर्षभित्र लगभग आफैँ फिर्ता हुन्थे । प्रचण्ड आफैँ पनि भारत भ्रमणमा जाँदै थिए । उताबाट फर्किएर आएपछि फिर्ता बोलाएको भए पनि हुन्थ्यो भन्ने खतिवडाको भनाइ छ । उनले भने, ‘तर प्रधानमन्त्री प्रचण्डले त्यसो किन गर्न सकेनन् भने एमाले र ओलीको दबाब हो ।’

    ओलीले बजेट माओवादीतर्फ ढल्किएको भन्दै सत्ता सहयात्री दलहरूसँग परामर्श नगरी अगाडि बढे राम्रो नहुने चेतावनी प्रधानमन्त्रीलाई दिइसकेका छन् । जेठ २२ गते प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार गएका ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउँदा आफूहरूसँग कुनै सरसल्लाह नभएकोमा असन्तुष्टि पोखेका थिए ।
    भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा भाग लिन जेठ २६ गते प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली प्रस्थान गरेका थिए । तर त्यसको ठिक अघिल्लो दिन भारतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाएर गलत सन्देश दिए । सरकारको निर्णयको सर्वत्र आलोचना भयो ।

    सरकारको निर्णय कमजोर भएको स्वयं प्रचण्डले नै स्वीकारेका छन् । जेठ २८ गते स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग भनेका थिए, ‘राजदूत फिर्तामा दुई दिन रोक्न सकिन्थ्यो तर हाम्रो ध्यान त्यता गएन ।’

    सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि ओलीसहित एमालेका शीर्ष नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन् । ओलीले बजेट माओवादीतर्फ ढल्किएको भन्दै सत्ता सहयात्री दलहरूसँग परामर्श नगरी अगाडि बढे राम्रो नहुने चेतावनी प्रधानमन्त्रीलाई दिइसकेका छन् । जेठ २२ गते प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार गएका ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउँदा आफूहरूसँग कुनै सरसल्लाह नभएकोमा असन्तुष्टि पोखेका थिए ।

    सरकार सञ्चालन, संवैधानिक नियुक्ति, सरुवा बढुवा, राजनीतिक भागबण्डामा एमालेको हस्तक्षेप बढ्दै गएको माओवादीका एक नेताले बताए । तर कुनकुन तहमा हस्तक्षेप भएको भन्ने विषयमा विस्तृत रूपमा खुलाउन उनले चाहेनन् । बजेटमाथि एमालेको असन्तुष्टि पूर्वाग्रही भएको ती नेताको टिप्पणी छ ।
    एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मन्त्रीहरूको विनियोजन किताब हेर्दा निकै पक्षपात गरेको अनुभूति हुने बताए । ‘बजेट विनियोजन हेर्दा गठबन्धनको सरकार सहयात्री दलहरूसँग सहकार्य गरेको अनुभूति नै हुँदैन । त्यो राम्रो होइन । यसले गठबन्धन दलहरूबिच अविश्वास पैदा भएको छ’, उनले भने, ‘बजेट प¥यो वा परेन भन्ने आधार देखाएर नकारात्मक भूमिका खेल्ने पक्षमा हामी छैनौँ । मुख्य कुरा राजनीति हो । यसलाई यही हिसाबले बुझेका छौँ । तर कार्यशैली र प्रवृत्तिगत सुधार मन्त्री र सरकारबाट हुन जरुरी छ ।’

    यद्यपि सरकार सञ्चालन, संवैधानिक नियुक्ति, सरुवा बढुवा, राजनीतिक भागबण्डामा एमालेको हस्तक्षेप बढ्दै गएको माओवादीका एक नेताले बताए । तर कुनकुन तहमा हस्तक्षेप भएको भन्ने विषयमा विस्तृत रूपमा खुलाउन उनले चाहेनन् । बजेटमाथि एमालेको असन्तुष्टि पूर्वाग्रही भएको ती नेताको टिप्पणी छ । तथापि गठबन्धन नै तलमाथि हुने गरी खटपट नआएको उनले स्पष्ट पारे ।

    ‘एमालेकै एकलौटी जसरी सरकार सञ्चालमा एमालेका साथीहरूले हस्तक्षेप बढाइरहेका छन् । बजेटमाथिको असन्तुष्टि पूर्वाग्रह हो । माओवादी लडाकुलाई व्यवस्थापन गर्न केही रकम छुट्ट्याइएको छ, त्यो एमालेलाई मन परेको छैन । तर यसै कारणले गठबन्धन तलमाथि हुन्छ भन्ने स्थिति अहिले भएको छैन’, ती नेताले भने ।

    विश्लेषक खतिवडाले वर्तमान गठबन्धन र राजनीतिक, आर्थिक, सामाजिक परिवेशले एमालेलाई बलियो बनाउने बाहेक कुनै दल र जनतालाई फाइदा नपुग्ने तथा स्वयं कम्युनिस्ट घटकहरूलाई नै भलो नगर्ने जिकिर गरे । गठबन्धनमार्फत ओलीले चाल्न सक्ने सम्भावित कदमबारे उनले भने, ‘कम्युनिस्ट घटकहरूलाई ओलीले बिस्तारै कमजोर बनाउँदै लानुहुन्छ । कांग्रेसलाई सत्ता बाहिर राखेर सत्ताको अवसरबाट कमजोर बनाउनु हुन्छ । नयाँ भनिएका रवि लगायत दलहरूलाई सत्तामा राखेर बदनाम बनाउनुहुन्छ । यी सबै अर्को चुनावमा अन्य दललाई कमजोर देखाएर ओलीले आफू बाहेक कसैलाई पनि फाइदा नहुने गेम खेलिरहेको प्रस्ट छ ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation