लगातार २ खेल जित्दै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

  • १२ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिना कोपा अमेरका २०२४ को नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ ।

    लाउटारो मार्टिनेजको निर्णायक गोलमा बुधबार भएको खेलमा चिलीलाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

    समूह ए मा लगातार दुई खेल जित्दै ६ अंक जोडेको अर्जेन्टिनाले एक खेल अगावै नकबउट चरणमा स्थान पक्का गर्‍यो ।

    न्यु जर्सीस्थित मेट लाइफ स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि लाउटारोले ८८औं मिनेटमा गोल गरेका थिए ।

    यसअघि अर्जेन्टिनालाई क्यानडालाई पहिलो खेलमा पराजित गरेको थियो ।

    अर्जेन्टिनाले अब समूहको अन्तिम खेल पेरुसँग खेल्नेछ । समूह ए कै अर्को खेलमा क्यानडाले पेरुलाई हराएर पहिलो जित निकालेको छ ।

    क्यानडा ३ अंकसहित समूहको दोस्रो स्थानमा छ । चिली र पेरुको समान एक अंक छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation