किन रबिले राष्ट्रिय अनुसन्धान विभाग गृहमै राख्न चाहे ?

  • प्रधानमन्त्रीको जवाफ : राजनीतिक समझदारी बनाएर त्यसो गर्न सकिदैन भन्ने लाग्दैन
  • ११ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्न माग गरेका छन् ।

    ११ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्न माग गरेका छन् ।

    ‘अहिले भर्खरै पनि उपप्रधानमन्त्री तथा गृहमन्त्रीजीले गृह मन्त्रालयलाई पनि यो निकाय (राष्ट्रिय अनुसन्धान विभाग) चाहिने नै भयो भनेर मसँग विषय राखिरहनुभएको छ । यसमा एउटा राजनीतिक समझदारी बनाएपछि त्यसो गर्न सकिँदैन भन्ने मलाई लाग्दैन’, उनले भने ।

    तर विश्वका अरु देशमा पनि गुप्तचर निकाय मुलुकको प्रमुख कार्यकारी मातहत रहने अभ्यास रहेको प्रधानमन्त्रीले बताए ।

    राष्ट्रिय सुरक्षा एकदमै पेचिलो र संवेदनशील विषय भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसमा सूचनाको प्राप्ति र विश्लेषण महत्वपूर्ण भएको हुँदा त्यसको संवेदनशीलता र सुरक्षा व्यवस्थापनको प्रभावकारिता मध्यनजर गरी राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखिएको बताए ।

    ‘अन्तर्राष्ट्रिय अभ्यास हेर्दा गुप्तचर संयन्त्र कार्यकारी प्रमुख अन्तर्गत रहने अभ्यास रहेको देखिन्छ । नेपालमा पनि यस विषयमा अध्ययन विश्लेषण गरी यस्तो व्यवस्था गरिएको हो’, उनले भने ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation