धितोपत्र बोर्ड अध्यक्षमा पाँचै जना सिफारिस गर्ने प्रस्ताव अर्थसचिवले मानेनन्

767
shares

१२ असार, काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिमा विवाद देखिएको छ । महान्यायाधिवक्ता कार्यालयले राय पठाएपछि बुधबार दुईपटक समितिको बैठक बसे पनि कुनै निर्णय हुन सकेन ।

महान्यायाधिवक्ताको रायअनुसार अन्तर्वार्तामा सहभागी नै नभएका उम्मेदवारसमेत राखेर नाम सिफारिस गर्ने कि प्रक्रिया खारेज गर्ने भन्ने विषयमा समितिका सदस्यहरुबीच मत नमिलेको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा समिति संयोजक डा. मीनबहादुर श्रेष्ठ र सदस्य उदय निरौला सर्टलिस्टमा परेका पाँचै जनाको नाम सिफारिस गर्ने पक्षमा देखिए पनि त्यसमा अर्थसचिव मधु मरासिनीले असहमति जनाएको स्रोतले जानकारी दियो ।

गत ४ माघ २०८० मा गठित सिफारिस समितिले अध्यक्षमा आवेदन माग गरेकामा १९ जनाले आवेदन दिएका थिए ।