बिपी, कान्तिपथ, अरनिको र मेची राजमार्गका सडक बाढीपहिरोले प्रभावित

52
shares

काठमाडौं । आज देशका विभिन्न राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ । बाढीपहिरोका कारण सवारी साधन सञ्चालनमा अवरोध भएको हो ।

बिहान साढे ६ बजेको जानकारी अनुसार मेची राजमार्गको झापादेखि ताप्लेजुङ, बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेसी, कान्तिलोकपथको हेटौंडा-ठिंगन-बागमती-ललितपुर, अरनिको राजमार्गको ततोपानी जाने बाटो र कोदारीमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् ।

यस्तै मध्य पहाडी राजमार्गअन्तर्गत भोजपुरको बोखिम, खोटाङको साखा क्षेत्रमा पनि सडक एकतर्फी भएको प्रहरीले जनाएको छ ।