पोर्चुगललाई २-० ले पराजित गर्दै जर्जिया नकआउट चरणमा

  • पहिलो पटक युरो खेलिरहेको जर्जियाले सानदार प्रदर्शन गर्दै पोर्चुगललाई २-० ले पराजित गरेको छ ।

    समूह एफ अन्तर्गत बुधबार राति  भएको खेलमा पोर्चुगललाई स्तब्ध पारेपछि जर्जियाले युरो २०२४ मा पहिलो जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

    गेलसेनकिर्चेनमा भएको खेलमा जर्जियालाई ऐतहिसिक जित दिलाउन केभिचा केभारात्खेलियाले खेलको दोस्रो मिनेटमै तथा जर्जेज मिकाउटाड्जेले ५७औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

    यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको पोर्चुगल पराजित भएपनि ६ अंकका साथ समूह विजेता बन्यो ।

    पोर्चुगलले यसअघि चेक रिपब्लिक र टर्किएलाई पराजित गरेको थियो ।

    उता जर्जिया पहिलो खेलमा टर्किएसँग पराजित भएको थियो भने दोस्रो खेलमा चेकसँग बराबरी खेलेको थियो । तीन खेलबाट ४ अंक जोड्दै तेस्रो भएको जरज्या तेस्रो हुने ६ मध्ये उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा पुगेको हो ।

    यस्तै अन्तिम खेलमा चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै ६ अंक नै जोडेको टर्किए समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

    पोर्चुगल समान ६ अंक जोडेपनि हेड टु हेडमा टर्किए पोर्चुगललाई पछि परेको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation