
आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा भारत र इंग्ल्यान्डबीच भैइरहेको खेल बर्षा को कारण रोकिएको छ टस हारेर पहिले ब्याटिङ गरेको भारतले आठ ओभरमा ६५ रन बनाई २ विकेट गुमाएको छ।
अहिले क्रिजमा रोहित शर्मा २६ बलमा ४ चौका सहित ३७ रन बनाएर खेलिरहेका छन् भने सुर्यकुमार यादबले ७ बलमा १ छक्का र १ चौका सहित १३ रन् बनाएर खेलिरहेका छन् । भारतले यस अगि २.४ ओभरमा विराट कोहली र ५.२ ओभरमा साम करन को बलमा ऋषभ पन्तको विकेट गुमाएको थियो
रिस टोप्लीले विराट कोहली बोल्ड आउट गरेका थिए भने ऋषभ पन्तलाई साम करन पेबिलिएनको बाटो देखाएका थिए । आजको खेल जित्ने टोली शनिबार उपाधिको लागि दक्षिणअफ्रिका सँग भिड्ने छ ।