इंग्ल्याण्डलाई पराजित गर्दै भारत टी-२० विश्वकपको फाइनलमा

  • भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।गएराति वेस्ट इण्डिजको गुएनास्थित प्रोविडेन्स स्टेडियममा इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।

    १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई भारतले १६.४ ओभरमा अल आउट गर्दै १०३ रनमा समेट्यो।

    त्यस क्रममा अक्षर पटेल र कुलदीप यादवले ३/३ तथा जसप्रित बुमराहले २ विकेट लिए।

    इंग्ल्याण्डका लागि ह्यारी ब्रूकले बनाएको २५ रन सर्वाधिक रह्यो।

    कप्तान तथा ओपनर जोश बट्लरले १५ बलमा चार चौका हानेर २३ रन बनाएका थिए।

    जोफ्रा आर्चरले १५ बलमा १ चौका र २ छक्का हानेर २१ रन बनाए।

    लियाम लिभिङस्टोनले ११ रन जोडे। त्यसबाहेकका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    जोफ्रा आर्चरले १५ बलमा १ चौका र २ छक्का हानेर २१ रन बनाए।

    लियाम लिभिङस्टोनले ११ रन जोडे। त्यसबाहेकका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    भारत शनिबार उपाधिको लागि दक्षिणअफ्रिका सँग भिड्ने छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation