दुबईमा दुईतले बस हाँक्ने नेपाली महिला को हुन ?
वि.सं.२०८१ असार २६ बुधवार ०३:०५
910
shares
shares

सन् २०२३ को जून महिनाको एक दिन । संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी शहरस्थित सिटी बस कम्पनीमा बस चालकको आवेदन दिनेहरुको भीड थियो ।
पुरुष बस चालकहरुको भीडमा हातमा लाइसेन्स र अरु आवश्यक कागजात बोकेर उभिएकी थिइन् एक नेपाली महिला, शान्ति भण्डारी । जब उनी आवेदन दिने ठाउँमा पुगिन्, कम्पनीका सुरक्षा गार्डले सोधे, ‘कहाँ जान लागेकी ?’
शान्तिले निर्धक्क जवाफ दिइन्, ‘बस चालकका लागि आवेदन दिन आएकी ।’
ती सुरक्षाकर्मीको मुहारको भाव फेरियो । उसले केहीबेर उनलाई हेरे र भने, ‘आबुधाबीमा महिलाले बस चलाएको इतिहास छैन ।’











