धान रोपिरहेका दुई महिलामाथि खस्यो चट्याङ, दुवैको मृत्यु

  • बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।

    जिल्लाको राप्ती सोनारी गाउँपाकिला –२ मा मंगलबार साँझ ६ बजे धान रोपिरहेका स्थानीय ३२ वर्षीया सम्झना विक र निमा उपाध्यायमाथि चट्याङ खसेको थियो।

    जिल्ला प्रहरी प्रमुख एसपी तुलसबहादुर कार्कीका अनुसार चट्याङ लागेर अचेत भएका उनीहरूलाई बेलुका ८ बजे कोहलपुर मेडिकल कलेज लगिएको थियो।

    अस्पताल पुर्‍याइएपछि त्यहाँ चिकित्सकले दुवैलाई मृत घोषणा गरेको हो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation